बोईलरमा पानी जन्मेर मर्न के कारण
dana ko santulan na milyra ho..... jasto laagxa malai ta
एसाइटिस अथवा “वाटर बेली” व्रोइलर कुखुरामा प्राय देखिईराख्ने समस्या हो । एसाइटिस यस्तो अवस्था हो जतिबेला कुखुराको पेटमा झट्ट हेर्दा पानि जस्तै देखिने प्रोटिनले भरिपूर्ण तरल पदार्थ जम्मा भएर पेट भकुण्डो आकारको भई फुलेको हुन्छ । प्रोटिनले भरिपूर्ण तरल पदार्थ नियालेर हेर्दा फिक्का पहेलो जेलजस्तो देखिन्छ । एसाइटिसको कारणले सास फेर्न गाह्रो भई कुखुराको मृत्यु हुन्छ । सामान्यतया व्रोइलर कुखुरामा एसाइटिसको कारणले १ देखि ५ प्रतिशत सम्म मृत्युदर हुन्छ । कहिलेकाही मृत्युदर ३० प्रतिशत सम्म हुने गरेको पाईएको छ। लेयर्स कुखुरामा कहिलेकाही देखापर्ने एसाइटिस व्रोइलर कुखुरामा भने प्रायगरी देखिईराख्छ । व्रोइलर कुखुरा अत्यधिक छिटो बढ्नुपर्ने हुँदा उनीहरुको शरीरको कोष तथा तन्तुहरुको अक्सिजन आवश्यकता पनि अत्याधिक धेरै हुन्छ । अक्सिजन आवश्यकता परिपूर्ति गर्न मुटु तथा रक्तसंचार प्रणाली अधिक रुपमा सक्रिय हुन्छ । किनभने रगतबाट नै शरीरको कोषहरुमा अक्सिजन प्रवाह हुन्छ । कुखुराको फोक्सो अन्य जीवजन्तुको भन्दा फरक हुन्छ (कडा हुन्छ, फुल्ने क्षमता हुदैन) जसले उच्च रक्तसंचारको चाप घटाउने गरि अक्सिजन ग्रहण गर्न सक्दैन । फलस्वरूप उच्च रक्तसंचारको चाप दाहिने मुटु हुदै कलेजो सम्म पुग्छ । दाहिने मुटु पनि फेल हुन्छ । यसरी चाप वृद्दि भएसंगै कलेजोबाट रातो कोष विहिन तरल पदार्थ पेटमा चुहिन्छ र अन्तत एसाइटिस देखापर्छ अर्थात पानी जम्छ
एसाइटिस भएका कुखुराले देखाउने लक्षणहरु कुखुराको शारीरिक वृद्दि विकास कम हुन्छ । पेट भकुण्डो जस्तो फुलेको हुन्छ । सास फेर्न गाह्रो महशुस हुन्छ । कुखुराले मुख खोलेर सास लिन्छ जसलाई वैज्ञानिक भाषामा “प्यान्टिङ्ग” भनिन्छ । सास फेर्दा आवाज निस्किन्छ । छालामा निलोपना देखापर्छ । सिउर, लोती र मासुका तन्तुहरुमा समेत निलोपना देखापर्छ । - Dr Bibek Bandhu Regmi
व्रोइलर कुखुरामा एसाइटिस देखिनुको कारक तत्वहरु निम्न अनुसार छन । १) वंशाणुगत कारणः आधुनिक व्रोइलर कुखुरालाई अत्यधिक छिटो बढ्ने गरेर वंशाणु विकास गरिएको छ । तर व्रोइलर कुखुराको शारीरिक वृद्दिको अनुपातमा उनीहरुको मुटु, कलेजो र फोक्सो जस्ता अंगहरुको विकास कम नै हुने गरेको छ । २) फोक्सोले वातावरणबाट अक्सिजन ग्रहण गर्ने कार्यमा बाधा उत्पन्न गराउने कुनैपनि कारणले एसाइटिस हुनसक्छ । जस्तै फोक्सोलाइ संक्रमण गर्ने रोग (सि.आर. डि., आइ. बि., रानीखेत, एस्परजिलोसिस आदि) को कारणले वा खोरको भेन्टिलेसन कम भएको अवस्थामा एसाइटिस हुनसक्छ । विशेष गरेर जाडो महिनामा केहि किसानले कुखुरालाई जाडोबाट जोगाउन कहिँ कतैबाट हावा छिर्न नमिल्ने गरि पर्दा लगाउछन । यसो गर्दा अक्सिजनको कमि भई कुखुरालाई एसाइटिस हुन्छ । ३) पानीमा सोडियमको मात्रा बढी भएको खण्डमा वा दानामा नुनको मात्रा अधिक भएको खण्डमा रक्त नलिभित्र रगतको चाप वृद्दि हुन्छ र एसाइटिसको जोखिम उच्च हुन जान्छ । फिस मिल अथवा माछाको धुलो प्रयोग गरिने दानामा नुनको मात्र धेरै हुने सम्भावना रहन्छ । ४०० पि.पि.एम. भन्दा बढी सोडियम भएमा व्रोइलरमा समस्या उत्पन्न हुन्छ । ४) उच्च पहाडी वा हिमाली क्षेत्रमा कुखुरापालन गरेको खण्डमा एसाइटिसको समस्या अधिक रुपमा देखापर्छ किनभने त्यस्ता उच्च क्षेत्रको हावामा अक्सिजनको मात्रा न्यून हुन्छ । ५) जाडोयाममा शरीरमा ताप उत्पन्न गराउन रक्तसंचार अधिक रुपमा सक्रिय हुन्छ । फलस्वरूपः जाडो समयमा गर्मीको तुलनामा एसाइटिस हुने जोखिम बढी रहन्छ । ६) खोरभित्रको हावाको गुणस्तर कम भएको खण्डमा (बढी मात्रामा एमोनिया, कार्बन डायोक्साइड, कार्बन मोनोअक्साइड भएमा) पनि एसाइटिस हुने सम्भावना बढी हुन्छ ।
धन्यवाद हजुर लाई जानकारी को लनगि