पुदिना को उपयोगिता बारे अस्ति पढदै थिए ।आज फेरि पडछु भनेको भेटिन ।पूरा खोजे पाइन।अब कसरी त्यो पुदिना को लेख भेट्न सक्छु।
– पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ । – पुदिना, तुलसी, अदुवा र मरिच मिलाएर पानीमा उमाल्नुहोस् । जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ । – पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ । – पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ । – ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ । – दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ । – पुदिनाको सेवनले खटाई लाग्ने समस्या पनि निको हुन्छ । – यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ । – यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ । – पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ । – यदि सानो बच्चालाई गर्मीका कारण झाडापखाला लागेको छ भने पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुई÷दुई चम्चा खुवाएमा झाडापखाला निको हुन्छ । – यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।