बाख्रा फर्म दर्ता गर्न ५ जना छिमेकिलाइ कार्यालयमा उपस्थित गराएर उनिहरुको मन्जुरी र साक्षी बसाल्नु पर्छ अनि उनिहरुको नागरिकताको प्रतिलिपी पनि चाहिन्छ भनेर प्राबिधिक भन्छन । यदि यसो हो भने यो कुन निर्देशिका वा नियममा छ?बताइ दिनुस न । यो ब्यवस्थाले त मलाइ दर्ता गर्न गाह्राे भा छ । ५ जना छिमेकिको एकै चोटी फुर्सद मिलाउनै गाह्राे , एक दिनभरिको बाटोमा खर्छ पनि बढी, त्यो भन्दा ठुलो उनिहरुलाइ मनाउनै गाह्रो के गर्ने होला ? उपाय भन्दिनुस्न ।
मलाई पनि यहि समस्याले पिराेलेकाे छ तर बिडम्पना याे प्रश्नको उत्तररै अाएन दुखि हुनुपर्याे हामी किसानहरु ।