तोरीमा झुसीलकिराको महामारी लाग्यो सबै कोसाहरू खाएर खाली भयो यसको रोकथामको उपाय बताइदिनु है त
तोरीमा झुसिलकीराको समस्या (कोसामा क्षति) यो कीराकोका बिभिन्न प्रजातिहरु हुन्छन । फोटो भएको भए पहिचानमा सहज हुन सक्दथ्यो । यसको माउ पुतली हुन्छ । बिभिन्न किसिमका झुसिलकीरा व्यवस्थापनका लागिM • संभव हुने भएमा झुसिलकीराहरु झुण्डमा बसेका छन भने तिनलाई संकलन गरि नष्ट गर्न सकिन्छ । • बानस्पतिक बिषादी झोलमल (१M५ झोलमलःपानी), गहुँत पानी (१M४–७ गहुँतःपानी) वा एजाडेरेक्टिन (निमजन्य) बिषादी ३–५ मिलि प्रति लि. पानिमा मिसाई स्पे्र गर्ने । • रसायनिक बिषादी साईपरमेथ्रिन वा डेल्टामेथ्रिन १ मिलि प्रति लि. पानिमा मिसाई स्प्रे गर्ने । • कीराको प्रकोपको अवस्था हेरी व्यवस्थापनका बिधिहरु एकीकृत साथै सामुहिक रुपमा अपनाउनु पर्ने हुन्छ ।- Devraj Adhikari, Plant Protection Officer, Kavre
thank you sir