तराईमा बर्षे धानको बिउ राख्ने ब्याड तयार गर्दा के के गर्नु पर्छ जानकारी पाउन ? जोताइ,मलखाद बेवस्थापन सिचाइ गोबर मल र अन्य मलहरु एक बिघाको लागि
ब्याड अन्तिम जेष्ठ देखि असाढको पहिलो र दोस्रो हप्ता सम्म राख्न सकिन्छ । धानको बिउ हिले र धुले दुवै किसिमको ब्याडमा राख्न सकिन्छ । मरुवा रोगबाट बचाउन हिले ब्याड उपयुक्त हुन्छ । ब्याडको लागि राम्ररी पाकेको गोबर र कम्पोष्ट मल उपयुक्त हुन्छ । धानको ब्याड राखिसकेपछि पछि बिरुवा पहेंलो देखिएमा १ लिटर पानीमा २० ग्राम युरिया झोल बनाई १०–१५ दिनमा छर्नुपदर्छ । खैरा रोग लाग्ने ठाउँमा जिंक सल्फेट छर्नु उपयुक्त मानिन्छ । प्रांगारिक मल प्रति रोपनीस् ३०–४० डोको डि.ए.पी प्रति रोपनीस् ३ के.जी. पोटास प्रति रोपनीस् १.५ के.जी. धुले ब्याड यस्तो ब्याड कमपानी हुने स्थितिमा राम्रो हुन्छ । यसको लागि पानी जम्ने ठाउँ भए १२ से.मी. उचाई गराएर १.३ मीटर चौडाको १३ मीटर लामो ब्याडामा १.३ के.जी. वीउ छर्ने गरी माटो मसिनो पारी ६–७ के.जी. राम्रो सडेको गोबर मल अर्थात् २०० ग्राम डि.ए.पी. राखी माटोमा मिलाउने अनि बराबर गरी वीउ छर्ने वा लाइन बनाएर १० से.मी. फरकमा वीउ खसालेर माटोले पुरी ब्याडालाई छापोले छोप्ने । हिले ब्याड यो तरिकाले ब्याडा बनाउँदा १ कठ्ठा खेत रोपाईको लागि २ धुर वा १ रोपनि कोलागि २५ वर्ग मिटरका दरले आली लगाएर जग्गा छुट्टाउने अनि त्यसमा पानी लगाई हिलो गर्ने, जग्गा राम्रो सम्माउने र पानी नजम्ने बनाउने । त्यसपछि माथी धुले ब्याडामा राखेको मात्रामा मलखाद राख्ने र माटोमा मिलाउने । पानी सङ्गलो भएपछि वीउ छरेर जसै वीउ उम्रेर बढ्दै जान्छ १ से.मी.बाट ५ से.मी.सम्म पानीको सतह बढाउदै जानु पर्छ । २०–२५ दिनमा रोपाई गर्ने वेर्ना तयार हुन्छ् । वीउ दर वीउ साधारणतया प्रति ३० कठ्ठा वा २० रोपनिको लागि ४० के.जी. अर्थात् प्रति कठ्ठा १.३ वा प्रति रोपनि २.० के.जी.वीउ उपयूक्त हुन्छ भने सोही जग्गाको लागी हाइब्रिड जात १५ के.जी. प्रति ३० कठ्ठा अर्थात् प्रति कठ्ठा ०.५ के.जी. वा प्रति रोपनि ०.७५ के.जी. भए पुग्छ ।