• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN

बट्टाइ पालन (Quail Farming)

रामेश्वर सिंह पाण्डे/कृषि पत्रिका
January 19, 2017

परिचय:
नेपालमा हाल मासु र अन्डाको लागि बट्टाइपालन व्यवसाय निजीस्तरमा काठमाडौँ उपत्यकाभित्र निकै लोकप्रिय हुँदै गएको छ । बट्टाइको वैज्ञानिक नाउँ Coturnix japonica हो । नेपालमा बट्टाइपालनको आरम्भ बालकोट, भक्तपुरबाट भएको मानिन्छ । नेपालमा फोहोर, ब्रिटिस रेन्ज, इङलिस ह्जाइट जातका बट्टाइ पालन गरिन्छ ।


व्यवस्थापन:
वयस्क चराको तौल १२०–३०० ग्राम हुन्छ । यो चरा करिब ४५–६० दिनको उमेरमा वयस्क हुन्छन् । बट्टाइको पोथी भालेभन्दा केहि ठूलो हुन्छ । प्रायः पोथीले ६–७ हप्ताको उमेरमा अन्डा पार्न सुरु गर्दछ । फुल बिहान पख पार्दछ । एउटा पोथीले एक वर्षमा २५०–३०० वटासम्म फुल पार्दछ । बट्टाइको फुल केही खैरो रङको, छिर्केमिर्के विभिन्न रङ्गका हुन्छन् । एउटा फुल करिब १० ग्राम तौलको हुन्छ । कोरल्नको लागि फुल उत्पादन गर्ने हो भने प्रति भाले दस पोथीको दरल भाले राख्नु पर्दछ । फुलबाट १५ दिनमा बच्चा कोरल्छ ।
बट्टाइलाई कुखुरा जस्तै खोरमा थुनेर पालिन्छ । एक वर्गमिटर ठाउँमा करिब ५० वटा बट्टाइ पाल्न सकिन्छ । एउटा वयस्क बट्टाइले एक दिनमा २५ ग्राम जति दाना खान्छ । बट्टाइले एक दिनमा प्राय ५० मिलि लिटर जति पानी पिउँछ । हाल नेपालमा बट्टाइको लागि दाना उपलब्ध छैन, बट्टाइलाई कुखुराकै दाना दिएर पाल्न सकिन्छ । ब्रोइलर बट्टाइलाई करिब ४५ दिनको उमेरमा बिक्री गरिन्छ । बट्टाइलाई कुखुराको जस्तो रोगहरू लाग्दैन् ।

कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com