मौरिको मह शुद्ध छ या छैन कसरी थाहा पाउने होल?
सुद्ध मह चिन्ने तरीकाहरु: १, कुनै भाँडोमा भरी पानी राख्नु होस । एक चम्चा वा एक थोपा मह हाल्नुहोस। मह बाक्लो हुने भएको हुनाले सीधै तल गई जेलको रुपमा बस्दछ । यदी तल पुग्नु भन्दा आगाडीनै पानीसंग मीसीयो भने मह अशुद्ध छ । महमा चास्नी मीसाइएको छ । २,शुद्ध मह जम्दछ । जमेको मह ढुक्क भएर किन्नुहोस । जमेको महमा आद्रता निकै कम रहने हुनाले, तरल मह भन्दा जमेको मह बर्षै सम्म पनि बिग्रीदैन । जमेको मह झन स्वादिलो हुन्छ । ३, शुद्ध मह आँखामा लगाउँदा केही जलन हुन्छ तर आँखामा च्याप–च्याप लाग्दैन । ४, महलाइ सेतो कपडामा दल्नुहोस र धुनुहोस । शुद्ध मह हो भने कपडामा दाग बस्दैन । ५, मैनबबत्तीको धागोलाइ महमा डुबाउनु होस वा कपासलाइ बटारेर मैनबत्ति जस्तो बनाउनुहोस । त्यसलाइ महमा डुबाउनुहोस र बाल्नुहोस । यदी मह शुद्ध छ भने मह तातीदै गए पछी बिस्तारै बल्न थाल्दछ । अशुद्ध छ भने बल्दैन । च्वार्र–च्वार्र आवाज मात्र आउँछ भने ठान्नुहोस मह अशुद्ध छ । ६, शुद्ध महलाइ कुकुरले खाँदैन । सुंघेर छोडीदीन्छ । ७, शुद्ध महलाइ सर्प नजीक लग्दा कुलेलाम ठोक्छ । मह भएको स्थानमा सर्प कहिले पनि आउँदैन । ८, शुद्ध मह कपडामा वा कागजमा राख्दा सोस्दैन ढीक्का भएर बस्दछ तर अशुद्ध महलाइ कागज वा कपडाले सोस्दछ । ९, यदी तँपाइलाइ शुद्ध र अशुद्ध मह छुट्टाउन गाह्रो पर्यो भने जमेको मह ढुक्क संग किन्नुहोस । किनकी शुद्ध मह ढीक्का भएर जम्दछ । चीनी–पानी मिलाएर बनाएको मह कहिले पनि जम्दैन ।
धेरै धन्यवाद सर