शंखे किरा को नियन्त्रण गर्ने उपाये बताई दिनु परो।
यो किरालाई साधारणतया तल उल्लेख गरे वमोजिम ३ किसिमले नियन्त्रण गर्न सकिन्छ । यान्त्रिक विधि :यस विधि अन्तरगत निम्नानुसार गर्न सकिन्छ । हातले कीरा संकलन :ठुला शंखे किराहरुले पशु सम्बन्धी रागे सार्ने वाहकको काम गर्दछन् । यस्ता ठूला शंखे कीराहरुलाई हातले टिपेर संकलन गरी मासुको रुपमा पकाएर खाए पनि हुन्छ भने मासुको रुपमा नखाने क्षेत्रका कृषकहरुले संकलन गरी मारेर जलाउने अथवा गाड्नु उपयुक्त हुन्छ । पानीको विरुवा हटाएर: प्रायसः शंखेकीराहरु पानीमा हुने विरुवाको सहारामा निर्भर हुने भएकाले नदी, खोला, जमेको पोखरीहरुबाट विरुवाहरु उखेलेर यसको नियन्त्रण वा बृद्धिलाई रोक्न सकिन्छ । जैविक विधिद्धारा नियन्त्रण : शंखे किराले धेरै क्षति पुर्याउने खोला, नदीनाला वा पोखरीहरुमा हांस अथवा माछा पालन गरेमा दोहोरो फाइदा लिन सकिन्छ । शंखेकीरा बढी हुने क्षेत्रमा मांसाहारी किसिम वा जातको माछा पालन गर्दा प्रोटिनको परिपूर्ति हुन जान्छ र यो प्रकृया धेरै ठाउँमा अपनाएको पाइएको छ । रासायनिक नियन्त्रण विधि : केही रासायनिक विषादीहरु शंखे किरा वर्गका कीराहरुलाई नियन्त्रण गर्नमा निकै प्रभावकारी देखिएका छन् ती हुन् : १. कपर सल्फेटः२० पि.पि.एम. पानीमा निकै प्रभावकारी देखिएको छ । २. सोडियम पेन्टाक्लोरोफेनेट: ५–१० पि.पि.एम. ३. डाइक्लोरो–नाइट्रो–सालिसिलिकानीलाइडः १ पि.पि.एम. वजार मा सजिलै पाइने कपर सल्फेट २ प्रतिशतलाई पानीमा मिसाइ छर्नु पर्ने हुन्छ भने भन पाउडरको रुपमा पाइने कपरसल्फेट १.७५ के.जी. प्रति रोपनी वा १.५ के.जी. प्रति कठ्ठाको दरले १ भाग विषादी र ४ भाग वालुवाको समिश्रण वनाइ छिपछिपे पानी भएको खेत, पोखरी आदिमा छर्दा नियन्त्रण हुन्छ । त्यसै गरी पानी जमेको ठाउंमा सोही अनुपात मिलाएर छर्न सकिन्छ । यसलार्इ कृषिविशष्ज्ञको रखे दखे मा मात्र छर्नु पदर्छ । यो विषादी छरेको स्थानमा पशु, पंक्षी र केटाकेटीहरुलाई जान दिन भने हुदैन |
प्रकोप थोरै भये टिपेर खाल्डो मा हाली नुन छर्किनु पर्छ ।
बजारमा metaldehyde(king foe) नामक बिषादी नि पाउछ है
sir pura field Ko worapara rice Ko dadalno use garnu Ra vitara Ko tepara faldenu parkop Kam hunxa
thanks