हाल म (४५) नेपाल न्याय सेवाको अधिकृत स्तरको कर्मचारी हुँ । यहि वर्ष (२०७५) को अन्तमा मेरो सेवा अवधि २० पुग्दैछ । २० वर्ष पुग्नासाथ म सरकारी सेवाबाट अलग भएर ५/७ वटा राम्रा गाई पालन गर्दै सानो पशुपालन व्यवसाय गर्दै शान्तपूर्वक जीवन बिताउने सोच बनाएको छु । यसको लागि मैले कुन जातका गाई पाल्नु उचित होला ? ती गाई कहाँ पाइन्छन् ? अनुमानित मूल्य कति पर्ला ? अलिकता पाखो वारि छ, त्यसमा के-कुन जातको घाँस के-कसरी लगाउन सकिन्छ ? गोठको संरचना के-कसरी बनाउनु पर्ला ? लगायतका गाई पालन सम्बन्धी यावत विषयहरुको बारेमा झिंझो नमानी मलाई उचित सल्लाह र जानकारी दिन सक्नु होला कि ?
बद्री सर, प्रश्न को लागि धन्यबाद । गाई पलन को बिस्तृत जान्कारी येसै एप को ब्यबसायिक पसुपालन भित्र गाइ पालन छ जहा केही जान्कारी पाउन सक्नु हुन्छ । गाई पाल्दा प्रती गाई एक रोपनिमा म घाँस लगाउने योजना बनाउनुस । घाँस हरु मा बर्सिम घाँस, बदामे घाँस नेपियर घाँस , स्टाइलो आदि हुन जस्को बिस्तृत जान्कारी येहि एप को कृषि पुस्तकालय मा छ । घाँस खरिद को लागि किरन खरेल : 9841382370 मा फोन गर्न सक्न्हुन्छ । ब्याबसय सुरु गर्नु अघि तालिम लिदा धेरै राम्रो । तालिम सम्बन्धी सुचाना येसै एप को हाम्रो सन्स्था मा हेर्दै गर्नु होला । तपाइले नमुना गाइ पालक कृषक सङ थप परामर्स गर्दा झनै राम्रो हो। येसै बर्ष उत्कृष्ट रास्ट्रपति पुरसकार पाउन सफल गोर्खा का कृषक रजेन्द्र राज पन्त लाइ सम्पर्क गर्नुहोस : 9849090695 मा । गाई को मुल्या सोध्न काठमाडौं को स्युचाटार स्तित मुकेश बुदाथोकी लाई फोने गर्नुहोला: 9849533322