मैले 13 14 जनाको समूह बनाएको 3 चार बर्ष भयो अलि अलि रकम नि उठाएको छौ महिना वरि बैठक बस्ने र महिना वरि समुहको बचत जम्मा गरिन्छ तर समूह दर्ता गरिएको छैन दर्घगर्न के के गर्नु पर्छ खुलाई दिनु होला
हरि जी, समूह दर्ता गर्न निम्न कार्यकाे भेला र माइन्युटिङ गर्नु अावश्यक छ । त्यसपछि साेहि अाधारमा बिधान बनाउनु पर्छ । १. पहिलाे महिनाकाे पहिलाे बैठक (भेला) प्रस्तावना नं १ः समुहकाे नामाकरण सम्बन्धमा प्रस्तावना नं २ः समुहकाे पदाधिकारी चयन सम्बन्धमा प्रस्तावना नं ३ः समुहकाे मासिक बैठक सम्बन्धमा प्रस्तावना नं ४ः समुहकाे हितकाेष सम्बन्धमा प्रस्तावना नं ५ः बिधान लेखन सम्बन्धमा प्रस्तावना नं ६ः उद्देश्य (कुन उद्देश्यकाे लागि समुह गठन गर्ने हाे ) २. देश्राे महिनाकाे देश्राे बैठक प्रस्तावना नं १ः उद्देश्य (समुह सँग सम्बन्धित निर्णय गर्ने ) प्रस्तावना नं २ः उद्देश्य (समुह सँग सम्बन्धित निर्णय गर्ने ) ३. तेश्राे महिनाकाे तेश्राे बैठक प्रस्तावना नं १ः विधान पारित सम्बन्धमा प्रस्तावना नं २ः समुहकाे दर्ता गर्ने सम्बन्धमा प्रस्तावना नं ३ः उद्देश्य (समुह सँग सम्बन्धित निर्णय गर्ने ) विधान बनाइसकेपछि दुइ प्रति कृषि कार्यालयमा र एक प्रति सेवा केन्द्रमा बुझाउने कृषि सेवा केन्द्रकाे कषक समुह दर्ता गर्न सिफारिस बनाउने र कृषि कार्यालयमा बुझाउने अध्यक्ष, उपाध्यक्ष, सचिव, काेषाध्यक्ष लगायत सदस्यहरूकाे नागरिकताकाे प्रतिलिपि पनि कृषि कार्यालयमा बुझाउने सेवा केन्द्र वा कृषि कार्यालयमा कृषि समुह बनाउने निवेदनकाे ढाँचा भरि रू १० काे टिकट टास्ने ।