kastho kisim ko jaggama Kun khale kera lagauda upautha hola ? madhe pahadi chhetraa ma Kun parkarko kera lagaune rakaseri Kun samaya ples janakari?
Bipendra Jee, तपाइकाे स्थान र अवस्था (सिँचाइ कम चाहिने) हेर्दा चिनि चम्पा जात उपयाेगी हुनसक्ने जस्ताे देखिन्छ । चिनी चम्पा: यो अग्ला जातहरू मध्ये धेरै प्रसिद्ध केरा हो । बोट ३.४–३.७ मिटर अग्लो हुन्छ । एक पल्ट लगाए पछि धेरै वर्षसम्म लगातार खुटिवालिको रुपमा फलहरू लिन सकिन्छ । झट्ट हेर्दा बोट र फल मालभोग जस्तै हुन्छ । फलको आकार मझौला आकार पहेंलो र पातको वोक्रा भएका तथा पाकेको अवस्थामा पनि गलक्क नपर्ने, खाँदा स्वादिस्ट तर केही अमिलोपन हुन्छ । एक घरिमा साला खाला १५ किलो जति फल लाग्दछ । फलहरू लामो समयसम्म भण्डारण गर्न सकिन्छ । यो जातलाई सुक्खा क्षेत्रमा सफलताका साथ खेती गर्न सकिन्छ । बार्षिक २००–५०० से.मि. वर्षा हुने ठाउँमा सिचाईको आवश्यकता पर्दैन । रोग र कीराहरू सहने क्षमता बढी छ पातको ओइलाउने रोग यो जातमा लाग्दैन र वन्चिटप पनि कम लाग्दछ ।