अलैंची को मूल्य JJ, SD र CC गरि तीन खण्ड मा आउँछ यो के को आधारमा वर्गीकरण गरिएको हो? यस्तो वर्गीकरण कृषकले कसरी था पाउने होला?
Deependra Je, अलैची व्यवसायी महासंघ ले अलैैचीकाे क्यपसुलकाे साइज, चिस्यान, अलैँचीकाे पुच्छर काटिएकाे र तयारी अलैँचीकाे रङ अनुसार ३ ग्रेडिङ गरिएकाे छ । सबैभन्दा उच्च गुणस्तर JJ अर्थात जम्बाे जेट काे लागि क्यापसुलकाे साइज 14mm भन्दा बढी हुनु पर्छ, अलैँचीकाे पुच्छर राम्राे सँग काटिएकाे हुनु पर्ने, रङ खैराे देखि कलेजी हुन पर्ने अनि चिस्यान 12% भन्दा कम हुनु अावस्यक छ। देस्राे गुणस्तर SD अर्थात Standard काे लागि क्यापसुलकाे साइज 10mm-14mm हुनु पर्छ, अलैँचीकाे पुच्छर राम्राे सँग काटिएकाे हुनु पर्ने, रङ खैराे देखि कलेजी हुन पर्ने अनि चिस्यान 12% भन्दा कम हुनु अावस्यक छ। अनि तेस्राे CC अर्थात चलन चल्ती ग्रेडकाे लागि क्यापसुलकाे साइज 10mm भन्दा कम हुन्छ, अलैँचीकाे पुच्छर राम्राे सँग नकाटिएकाे , रङ खैराे देखि कलेजी नभएकाे अनि चिस्यान 12% भन्दा बढि भएकाे हुन्छ । CC अर्थात चलन चल्ती ग्रेडकाे गुणस्तर कम भएकाेले मूल्य पनि कम हुन्छ । थप जानकारीकाे लागि नेपाल अलैची महासंघ विर्तामाेडमा फाेन गर्नुहाेला 023541479
thanks krishi guru for the information
जानकरिको लागि धन्यवाद गुरु!
Welcome :)