सर जङ्गली चेउ कसरी पलाउछ घर मा खेती गरेको चेउमा
प्रेम जी, कहिलेकाँहि पराल राम्राेसँग निर्मलिकरण नहुदा वा उम्रने समयमा contamination हुँदा यस्ताे समस्या अाउन सक्छ। बलमा कालो खालको जङ्गली च्याउ कोप्रिनस कोमाटस आएको देखिन सक्दछ । उक्त च्याउको डाँठ लामो सुलुत्त परेको हुन्छ र टाउको सानो हुन्छ तर वयस्क भए पछि कालो रङ्गमा परिणत हुन्छ । जङ्गली च्याउको व्यवस्थापनका लागि कालो किसिमको च्याउ देखिने बित्तिकै टिपेर टाढा फाल्नु पर्दछ वा गाड्नु पर्दछ र उक्त भागमा स्प्रिटले सफा गर्नु पर्दछ ।