मैले सुनकागति लाएको ३ कर्ष भाे , गत बर्षबाट केही फल्न सुरु गरेकाे छ तर साे फलकाे बाेक्रा बाक्लाे हुने , फल साईजका नहुने , चाेपजस्ताे पदार्थ निक्लि हाँगाहरु सुक्ने तथा केही बाेटहर पहेंलिने तथा पात कक्रक्क पर्ने समस्या देखिनुका साथै माेथे झारले सताएको छ म के गरु ?
ज्ञान हरि जी, तपाई ले पहिले पोटास ( विशेष गरी पाेटासियम क्लाेराइड) को प्रयोग गर्नु भयेको छ ?
कपर अक्सिक्लाेराईड बाेटमा पेेष्टिङ् तथा स्प्रे गरें त्यसपछी क्याल्वाेमिन र साेकाे हप्दिनपछि सर्वाे अायल स्प्रे गरेकाेछु .....
mato jaach garnus, prangarik padarthako kami pani huna sakchha
बोक्रा बाक्लो हुनको कारण गलत खाद्य तत्वको छनोट हुन सक्दछ। त्यसैले प्रथामिक मलको छनोटमा पोटासियम क्लोराईडको सट्टामा पोटासियम सल्फेट प्रयोग गर्नु होला। फलको साईज एकनासको नहुनको कारण भनेको सुक्ष्म खाद्य तत्वको कमिले हुन सक्छ, त्यसैले सुक्ष्म खाद्य तत्वले बिरुवाको काण्ड भन्दा 50-60 से मि टाढा राख्ने र मल खाद दिई सकेपछी बिरुवालाई बाक्लो छापो दिने यसो गर्नाले झारपातको प्रकोप कम हुन्छ। चोप निस्कने समस्यालाई गुमोसिस भनिन्छ र यसको रोकथामका लागि (१०० ग्राम निलोतुथो र १०० ग्राम चुना एक लि पानीमा मिसाएर) बिरुवामा पेन्ट गर्ने, यसो गर्नाले अन्य ढुसीजन्य रोगको पनि रोकथाम हुन्छ। बोट पहेँलो हुनको कारण भनेको सिट्रस गृनिङले हुन सक्दछ त्यसैले यो रोग लग्न नदिनु नै सबै भन्दा राम्रो उपाय हो। यो रोग लाग्न नदिन यो रोग सार्ने किरा सिट्रस सिलाको नियन्त्रण गर्न, 2 ml सर्बो आयल प्रती लि पानीमा मिलाएर स्प्रे गर्ने वा ईमिडाक्लोरोपिड 17.8 SL @1 ml प्रती 3 लि पानीमा मिलाएर स्प्रे गर्ने।
धेरै धन्यवाद हजुर !! बिरुवाको तल बाक्लो छापाे राख्दा मुसाकाे प्रकाेप झनै बढ्याे यस्काे समाधान के हुनसक्ला हजुर !!
9 hp क्षमताको एउटा मिनिटिलर भए गाेडमेलसँगै झारपात नियन्त्रणमा सजिलाे हुन्थ्याेकि ,, यसका लागि हामी किसानलाई केही सुबिधा पाईन्छ कि !!