sir malai goat ko khor kasari banauxan kati aaglo kati foot mathi bakra rakni sabai bataidina paryo
बाख्रा चिसो वा ओसिलो मन नपराउने अत्यन्त सुग्घरी जात भएकोले यसको खोर बनाउँदा भूईं सतहबाट केहि माथि उठाएर टाँड बनाउनुपर्ने हुन्छ भने भूर्इं सतहमा सिमेन्टको ढलान वा प्लास्टर गर्नुपर्ने हुन्छ । टाँड जमीनको सतहभन्दा ९० सेमीदेखि १ मिटर माथि उठाएर बनाईन्छ, ताकि बाख्रालाई भूर्इंको चिसो पनि नआओस र टाँडभित्र मानिस पसी राम्ररी सफा गर्न पनि सकियोस् । बाख्रा बस्ने टाँड बनाउँदा ३.५ देखि ४ सेमी चौडाईका भाटाहरु बिछ्याएर बनाउनु पर्दछ । मलमुत्र सजिलै जमीनमा खस्न सकोस् भन्नाको लागि भाटाहरु राख्दा हरेक भाटाको बीचमा करिब १.२५ सेमीको खाली ठाउँ (न्बउ) राखेर टा“ड बनाउनु पर्दछ, जसले गर्दा पिसाब र वडकालाहरु छिरेर जाओस् तर बाख्राको खुर÷खुट्टा नअड्कियोस् । भाटाहरु पिसाबले छिट्टै नबिग्रिने खालको काठको हुनुपर्दछ