mero ghar lumbini ko najik parxa maile experience ko lagi bakra ko khor banauna laako xu... mero khor ko naap north to south = 20 foot xa aani east to west 10 foot xa...20 by 10 ko khor ho...maile kasari aadhunik khor banam vandina paryo...tala dekhi liyara mathi samma...aani mathi tin lagauda khukhura ko khor ma jasto temple style ma gap rakhna parxa ki pardena bakra ko khor ma...sab kura ramro snga vandinu paryo
मन्दिर आकार कै बनाउनु पर्ने होइन 7-8 फुटको हाइट राखेर जस्तो बनाउदा नि हुन्छ , गर्मी बढी हुने भये छेउमा रुख रोप्नु होला छाहरिको लागि ।टाँड जमीनको सतहभन्दा ९० सेमीदेखि १ मिटर माथि उठाएर बनाईन्छ, ताकि बाख्रालाई भूर्इंको चिसो पनि नआओस र टाँडभित्र मानिस पसी राम्ररी सफा गर्न पनि सकियोस् । बाख्रा बस्ने टाँड बनाउँदा ३.५ देखि ४ सेमी चौडाईका भाटाहरु बिछ्याएर बनाउनु पर्दछ । मलमुत्र सजिलै जमीनमा खस्न सकोस् भन्नाको लागि भाटाहरु राख्दा हरेक भाटाको बीचमा करिब १.२५ सेमीको खाली ठाउँ (न्बउ) राखेर टा“ड बनाउनु पर्दछ, जसले गर्दा पिसाब र वडकालाहरु छिरेर जाओस् तर बाख्राको खुर÷खुट्टा नअड्कियोस् । भाटाहरु पिसाबले छिट्टै नबिग्रिने खालको काठको हुनुपर्दछ।