• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


बाख्रा फार्म दर्ता र बिमा

नमस्कार। सम्पुर्ण कृषि अयापका परिवारहरुलाइ। म क्षेत्र न.४ अन्नपूर्ण गाउपालिकामा बस्छु। प्रश्न १) र म अहिले बिदेशमा श्रम गर्छु। तर म छिट्टै नै नेपाल फर्केर गाउँमा बाख्रा पालन ब्यवसाय गर्ने अठोट गरेको छु। तर मलाइ बाख्रा फार्म दर्ता कसरि गर्ने र त्यसको लागि कहाँ सम्पर्क गर्ने वा कुन कार्यलयमा गएर दर्ता गर्ने भन्ने अन्यौल रहेको छ। र साथसाथै फार्म दर्ता गर्दा कुन कुन कागजातहरु आवश्यक पर्छन भन्ने कुराको जानकारी छैन। प्रश्न २) र बिमा सम्बन्धि पनि समस्या छ जुन कसरी बिमा गर्ने, कहा गएर कुन संस्थामा गएर गर्ने र जरुरी कागजातहरु के के हुन भन्ने कुराको जानकारी थाहा पाउन चाहान्छु। प्रश्न ३) र बाख्रा फार्म दर्ता गर्दा र बिमा गर्दा बाख्राहरुको संख्या न्युनतम कतिजती हुनु परपर्दछ। प्लिज  सम्पर्क गर्ने मोबाइल नम्बर वा ठेगाना दिनु भए म आत्मीय आभारी हुने थिए। धन्यवाद। हजुरहरुलाइ।

kinar sangam
Posted on : January 12, 2018

तपाइकाे जिज्ञासाकाे लागि धेरै धन्यबाद । तपाइकाे जिज्ञासा मेटाउने प्रयास गरेका छाैँ । नेपाल फर्किसकेपछि बाख्रापालन जस्ताे फाइदाजनक व्यवसाय गर्ने साेच्नुभएकाेमा शुभकामना । बाख्रा फार्म दर्ता गर्दा पहिले तपाइकाे गाँउकाे कृषि सेवा केन्द्रमा सम्पर्क गरी सिफारिस बनाउन पर्छ । त्याे सिफारिस तपाइले जिल्ला पशु सेवा कार्यालयमा पेश गर्नु पर्छ । त्याहाबाट थप सिफारिस बनाउनु पर्छ उध्याेग विभाग अन्तर्गत घरेलुमा दर्ता गर्नु पर्छ । तपाइले फार्म कहा बनाउने हाे त्यसकाे मुचुल्का पनि तयार पार्न पर्छ त्यस ठाउ वरपरका छिमेकीलाइ राखेर । तपाइकाे घर पायकमा पशु विमा गर्ने कुनै पनि कम्पनि हुन सक्छन । कुनै कुनै ठाउमा सामान्य माेटर गाडीकाे विमा गर्ने कम्पनिले पनि पशु विमाकाे सेवा दिएकाे उदाहरण छ । विमा गर्दा न्युनतम कति बाख्रा हुनपर्ने भन्ने हुदैन । जतिकाे पनि गर्न सकिन्छ ।

Commented on : January 13, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com