बोकाको घाँटीमा दाहिने पट्टी एउटा आलुको डल्लो जत्रो पानी फोको छ ।त्यसबाट १५mlजति सिरिन्जले पानी निकालेर एक सिरिन्ज बेटाडिन सुइ लगाइयो तर पनि निको भएन।यसको सही समाधान के होला? सुझावको लागि आभारी हुनेछु ।
यस्तो डल्लो सामान्य नै हो चिन्ता लिन पर्दैन। यसलाइ चिरेर भित्रको फोको निकालेर साबधानिका साथ जलाउनुस या खाल्डोमा पुर्नुहोस र बेटाडिन ले घाउ सफा गरिदिनुस ठिक हुन्छ।यदि यतिकै छोड्नु भयो भने तो डल्लो पाक्छ र आफै फुटेर बाक्लो पिप निस्कन्छ। प्रकृति फार्म हाउस प्रा लि चित्लाङ मकवानपुर