शुख्खा घास पराललाई युरिया उपचार कसरी गरिन्छ ? कृपया सबिस्तार विधि बताइदिनु होला ।
परालमा युरिया उपचार तरिका -------------------------------------------------- * १०० किलो पराललाई ५० लिटर पानीमा करीब तीन प्रतिशत युरिया (३ केजी) लाई राम्ररी घोलेर बनाउने, . * पराललाई टुक्रा पार्ने र तयार पारिएको युरिया पानीमा भिजाएर तिन हप्ता खाल्टोमा हावा नछिर्ने गरी राख्ने, त्यसपछि, केही घन्टा घाममा सुकाउने, . * यसरी युरियापानीले उपचार गरिएको परालको रङ केही गाढा, र गन्ध एमोनिया वा पिसाब जस्तो हुने गर्छ । . * यसरी उपचारित पराल हरिया घाँसका अभावमा दिइन सकिन्छ । पशुलाई यसरी दिएको आहार फाइदाजनक हुन्छ । पराल जस्तै गहुँ र कोदोको छ्वाली लाई पनि यसरी नै उपचार गर्न सकिन्छ ।
धन्यवाद अनि उपचार गर्ने युरिया र हामिले बालिमा प्रयोग गर्ने युरिया एउटै होकि फरक छ??
Hajur tei ho