• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


टिमुर सम्धि

टिमुर को बिउ कसरी उतपादन गनेे

Amar Khatri
Posted on : October 27, 2018

टिमुरको प्रसारण दुई किसिमले गर्न सकिन्छ । १) बीउबाट २) डाँठको कटिङबाट १) बीउबाट टिमुरको लागि बीउबाट प्रसारण गर्नुभन्दा कटिङबाट प्रसारण गर्नु राम्रो हुन्छ । बीउको उमार क्षमता ज्यादै कम (१०–१५ प्रतिशत) हुन्छ । असोज–कार्तिकतिर पाकेका फललाई लठ्ठीले हानेर वा हातले टिपेरघाममा सुकाई भण्डारण गर्नु पर्दछ । त्यसरी संकलन गरेको बीउलाई फागुन–चैत्रतिर, खनजोत गरी तयारीपारिएको नर्सरी व्याडमा छरेर बिरुवा उमारिन्छ । एकहेक्टर जग्गाको लागि ५०० ग्राम बीउ आवश्यकहुन्छ । नर्सरी विधि: नर्सरीका लागि उपयुक्त ठाउँ छनौट गरी जग्गा तयार गरिन्छ । ब्याडहरू पूर्व पश्चिम लम्बाइ भएको वनाउन सकेमा छहारीको प्रयोग बढी प्रभावकारी हुन्छ । ब्याडको उचाइ सामान्यतया १५ से.मि. र चौडाइ१ मिटर र लम्बाइ जति पनि राख्न सकिन्छ । त्यसैले बीउ रोप्नुअघि बीउलाई तातो पानीमा २४ घण्टासम्मडुबाई राखेर रोप्दा राम्रो हुन्छ । बीउ रोप्दा १० से.मिको फरकमा लाइन मिलाएर रोप्नु पर्दछ । बीउलाईब्याडमा रोपिसकेपछि धूलो माटोले हलुकासँग छोपिदिनु पर्दछ । त्यसपछि व्याडलाई छ्वाली वा पराललेपातलो गरी छोपिदिनु पर्दछ । व्याडमा बेर्ना उम्रिन थालेपछि छ्वाली वा पराललाई हटाई दिनु पर्दछ ।र अर्को ६० से.मी. जति अग्लो छाप्रोको छहारी दिनु पर्दछ । प्लास्टिकका थैलाहरूमा पनि बिरुवा उमार्नसकिन्छ । सामान्यतया एक वर्ष भएको बिरुवा रोप्नको लागि राम्रो मानिन्छ तर पनि बिरुवा १५ से.मिजति अग्लो भएपछि तयारी जग्गामा रोप्न सकिन्छ । २) डा“ठको कटिङबाट: माघ–फागुनतिर कटिङ राखिन्छ । कटिङ राख्नको लागि २–३ से.मि. व्यास भएको र तीनवटा आँख्ला भएको काण्ड (डाँठ) राम्रो मानिन्छ । छिप्पिएको डाँठलाई १५ से.मि. लामो काटी नर्सरीमा तयार पारिएकोप्लास्टिकको थैलोमा वा ब्याडमा तर्सो पारेर रोपिन्छ । कटिङ राख्दा डाँठलाई रुट हर्मोन को झोल (२–३ प्रतिशत) मा चाबेर रोप्दा राम्रोसँग सर्दछ । यसरी तयार पारिएको बिरुवा ३–४ महिनामा रोप्नको लागि तयार हुन्छ ।

Commented on : October 27, 2018
Krishi Guru
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com