मैले बंगुर लाई सडेगलेका वस्तु नखुवाई स्वच्छ र पौष्टिक दाना खुवाएर बंगर पालन व्यवसायी गर्ने योजना बनाएको छु तर बंगुर लाई खुवाउने दाना कहाँ पाईन्छ अथवा कसरी बनाईन्छ भन्ने कुरा को ज्ञान नभएर अलमल मा छु। त्यसैले यो दाना सम्बन्धी सल्लाह सुझाव पाए आभारी हुने थिए......धन्यवाद ।
यो कुरा अलि चुनौतिपुर्ण छ किनकी बुङुरले दाना धेरै खाने गर्छ र तपाईंले बेच्ने बेला सम्म तपाईंको मासुको मूल्य भन्दा दाना महङो हुन आउँछ। सडेगलेको भन्दा पनि कर्कलो दिनुस, भान्सा तथा होटेलको बचेको खाना दिनुस, जाडको छोक्रा, अजोल्ला दिए पनि धेरै राम्रो हुन्छ र लागतमा कमि आउँछ। नेपालमा दाना दिएर पाल्ने चलन पनि छैन साथै कुनै पनि ठुलो दाना कम्पनीले बङुरको दाना उत्पादन गर्दैन नेपालमा।