मेरो बरिमा केही बोट कागति,अाँप र जुनार छ फल्न पनि धेरै फल्छ तर फल पाक्नु अगाबै फल पहेलो हुँदै झर्न थाल्छ । एसको समधान के छ होला ?
फलफूल बालीमा फल झर्ने समस्या बिभिन्न कारणहरुले गर्दा हुन सक्दछ । समस्याको सही निदान गर्न सकेमा व्यवस्थापनको उचित बिधि अपनाउन सहज हुन्छ । खाध्यतत्वको कमी (खास गरि शुक्ष्मतत्व बोरन) . कीराको क्षतिः खास गरि पतेरो कीराले चुसेर फल झर्ने हुन्छ । रोगको प्रकोपले समेत फल झर्ने समस्या हुन सक्दछ । व्यवस्थापनका लागि खाध्यतत्व व्यवस्थापनमा ध्यान दिने (सन्तुलित रुपमा मलखाद प्रयोग गर्ने । व्यवस्थापनका लागि कीटनाशक बिषादी प्रयोग गर्न सकिन्छ । वा बिरुवाबर्धक रसायन Plant growth regulator को सही मात्रा र समयमा प्रयोग गरेमा फल झर्ने समस्या व्यवस्थापन गर्न सकिन्छ ।-Devraj Adhikari, DADO Kavre
1)सिञ्चाॅई तथा निकास 2)सिफारिस मलखाद राख्ने 3 )बोडो मिश्रण वोडो पेष्ट लगाउने 4)किरा तथा रोगनाशक विषादी स्पे गनॅ 5) कृषि प्राबिधिकको सल्ला अनुसार कायॅगने 2