नमस्ते!!! मेरो घर जुम्ला हो। म अहिले कुवेतमा छु। गाँउमा गएर गाई पालन गर्ने बिचार छ जुम्लामा जाडोमा -9°cसम्म तापक्रम हुन्छ । योस्तो ठाउमा कुन जातको गाई पाल्दा राम्रो अाम्दानि लिन सकिन्छ?
गाेकुल जी, जूम्ला जस्ताे उच्च पहाडकाे लागि उन्नत जातकाे ब्राउन स्वीस गाई सिफारिस गरीएकाे छ । यसको उत्पति स्वीजरल्याण्डमा भएको हो । यो गाई खैरो वा कालो रंगको, सुस्त र सोझो हुन्छ । प्रतिकुल मौसम खप्न सक्ने, डांडाकांडामा पनि पाल्न सकिने, गर्मिमा पनि पाल्न सकिने, शारिरीक तौल सांढेको ९०० के.जी. र माउको ६२५ के.जी. सम्म हुन्छ । औसत दुध उत्पादन प्रतिवेत ५५०० लिटरसम्म पाईन्छ । पशु विकास फार्म, जिरी दोलखामा यो जातको गाई पालन गरिएको छ । तपाइलाइ धेरै शुभकामना छ है ।
म पनि सिन्धुली जिल्ला मा गाइ पालन गर्छु । कुन जात को गाइ उत्तम हुन्छ ।र उक्त जातको गाई काहा पाइन्छ ५ माउ गाइ पाल्न कति लगानि लगाउनुपर्छ ? हजुर हरु को सल्लाह को आभारि हुन्छ