नमस्ते !! काम को सिलसिला मा अहिले म कतार मा छु ! नेपाल आएर करेला खेती र लोकल कुखुरा पालन गर्ने सोच मा छु ! यिनी हरु को बजार कस्तो छ ! लोकल कुखुरा कसरी पालन गर्दा राम्रो होला कसैलाई यस बारे मा जानकारी भए सल्लाह सुझाव को अपेक्षा गर्दछु छु ! रनिश राना
रनिश राना जी, प्रश्नकाे लागि धन्यबाद
karela kheti ko bazar bhau ekdamai ramro xa..jabaki tapailae ali agadainai utpadan linu bhayo bhane..n local khukura ko case ma teslae khulla chodnu parxa.. ntesko lagi jagga ali dherai chahinxa..
खै त जवाफ आयन नि त
लोकल कुखुरा खोरमा थुनेर पाल्न सकिन्छ सकिदैन ।
कुखुरालाइ खाेरमा राखी समयसमयमा बाहिर छाेड्दा राम्राे हुन्छ । कुखुराको लागि छुट्टै खोरको आवश्यकता पर्दछ । खासगरी कुखुरालाई वस्ने र अण्डा पार्ने सुरक्षित ठाउं चाहिन्छ । हाम्रा गाउंहरुमा पाईने स्थानीय वांस, माटो, काठ, दाउरा, खरबाट कुखुरालाई कम खर्चमा राम्रो खोर वनाउन सकिन्छ । खोर वनाउंदा खोर भित्र स्वच्छ हावा वारपार गर्ने, पानीवाट वचाउने, सिकारी जिवजन्तुबाट वचाउने र घाम लाग्ने कसरी वनाउन सकिन्छ भनेर ध्यान दिनु पर्छ ।