1300 मिटर को उचाइ मा राम्रो उत्पादन दिने जात कुन होला
गोलभेडाका बिभिन्न जातहरु छन् । खेती गर्ने ठाउँको हावापानी, स्थान र खेती प्रबिधि अनुसार जातको छनौट गर्नु आवश्यक हुन्छ । मध्ये पहाडी क्षेत्रमा (+—१३०० मिटरको उचाईमा) सिर्जना, अमिता, गौरव आदी जातहरुको गोलभेडा लगाउन सकिन्छ । स्थानिय हावापानी र अनुभवलाई मध्येनजर राख्दै जातको छनौट गर्नु बुद्धिमानी हुन्छ । त्यसका लागि नजिकका कृषि प्राबिधिक, कृषि सेवा केन्द्र या सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्नु होला । बोट बृद्धिको स्वभावले गोलभेडाको जातहरुलाई छिमलमा फल्ने वा अग्लो खाले (Indeterminate) र एकै पटक वा छोटो समयसम्म फल्ने वा होचो (Determinate) गरी मुख्य रुपमा दर्इु समहू मा बिभाजन गर्ने गरेको पाइन्छ भने मध्यम खाले (Semi determinate) को बर्गीकरणमा समेत केही जातलाई राखिएको छ ।) -देवराज अधिकारी, बाली संरक्षण अधिकारी, जि.कृ.वि.कार्यालय, काभ्रे
tesai grnu psrla