भान्टाको भित्र किरा हुन्छ त्यो के कारण हो अनि तेसको रोकथाम कसरी गर्न सकिन्छ भनिदिनुपर्यो । यो चाहिँ धेरै चोटि मैले पाइसके
भण्टामा लाग्ने डाँठ फलको गवारो नै सवै भन्दा ठूलो शत्रु हो । यस कीराको लाभ्रेले कलिलो डाँठमा प्वाल पारेर भित्र पसी नरम भाग खाई दिन्छन् र हाँगा विस्तारै सुक्दै जान्छ पछि गएर फुल तथा फलमा समेत आक्रमण गरी फल खान अनिवार्य तुल्याउँछन् । यसको रोकथामको सवैभन्दा राम्रो उपाय भनेको यसले आक्रमण गरेको भाग हटाई जलाई दिने, इन्डोसल्फान १–२ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने तथा सुप र धनिया सहित मिश्रीत खेती लगाउनु पर्दछ
Endosulfan ban gariyeko huda cypermethrin use garnu hola