भैसीलाई जनावर मध्ये सवैभन्दा उन्नत र राम्रो मानिन्छ । जनावरमध्ये ५३ प्रतिशत योगदान भैसीको छ । नेपालमा कूल १७ लाख मेट्रिक टन दूध भैसीले मात्रै दिन्छ । यो मात्रा भनेको कूल दूध उत्पादनको ७० प्रतिशत हुन आउछ । त्यस्तै मासू मात्रै तीन लाख मेट्रिक टन भैसीको खपत हुने गरेको छ । झट्ट तथ्याड्क हेर्दा साच्चै भैसी पाल्न प्राय किसान उत्साहित हुन्छन् ।
तर, यसको अवस्था भने ठिक विपरित छ । किनभने नेपालमा भैसी पालन गर्नेक्रम घट्दो छ । भैसी थारो भएपनि मरेपनि यसको उपयोग गरिन्छ । एउटा भैसी मरेमा पनि इन्सुरेन्सबाट जम्मा मूल्यको ७५ प्रतिशत किसानले पाउनसक्छ । त्यति मात्रै नभएर मरेको भैसीलाई मासुको रुपमा खाने पनि गरिन्छ । प्राय भैसी मरेको खण्डमा फ्याल्ने परम्परा छैन । सरकारले गाईभैसी प्रवर्दन केन्द्रले गाईभैसी पालनकालागि विभिन्न कार्यक्रम पनि ल्याएको छ । अनुदान, प्रशिक्षणदेखि अनुगमनसम्मको कार्यक्रम राखेर एउटा छुट्टै निकाय खडा गरेको छ, ललितपुर हरिहर भवनमा ।
केन्द्रका वरिष्ठ पशु विकास अधिकृत दामोदर न्यौपानेका अनुसार दुधालु भैंसीको छनौट राम्रोसंग गर्नुपर्ने हुन्छ । भैसीपालनबाट फाईदा लिन भैसीपालन व्यवस्थापनका हरेक क्षेत्रहरु जस्तै पशु स्वास्थ्य, पशु आहारा, नश्ल सुधार, उत्पादनको बजार व्यवस्था जस्ता क्षेत्रमा ध्यान दिनु पर्दछ । तर, यति हुँदा हुदै पनि दुधालु भैसी छनौट गर्न सकिएन भने भैसीपालनबाट अपेक्षित फाईदा नहुन सक्दछ ।
त्यसैले दुधालु भैंसी छनौट गर्नको लागि विचार पु¥याउनु पर्ने कुराहरुमा जानकारी राख्नु पर्ने र पशुको छनौट गर्दा विशेष ध्यान दिनु पर्दछ । जसले गर्दा कृषकले पशुपालनमा गरेका मेहनतलाई सार्थक बनाउन मद्दत पुग्ने न्यौपाने वताउछन । नेपालमा पनि भैंसीपालन परापूर्वकालदेखि पाल्दै आएको र पछिल्लो चरणमा व्यवसायिक रुपमा पालन दिन प्रति दिन बढ्दै गएको छ । भैंसीपालन समुद्र सतहबाट २४०० मी। ९८००० फिट० उचाई सम्म पाल्न सकिन्छ । मुख्यतया दुध तथा मासु उत्पादनको पालन गरिए पनि यो बहुउपयोगी जनावर हो ।
भैंसी संख्या क्षेत्रगत रुपमा हेर्दा पूर्वाञ्चलमा २३ प्रतिशत, मध्यमाञ्चलमा २७ प्रतिशत, पश्चिमाञ्चलमा २५ प्रतिशत, मध्यपश्चिमाञ्चल १५ प्रतिशत, र सुदूरपश्चिमाञ्चलमा १० प्रतिशत रहेको छ । त्यसैगरी दुधालुमै संख्या पूर्वाञ्चलमा २६ प्रतिशत, मध्यमाञ्चलमा २७ प्रतिशत पश्चिमाञ्चल २८ प्रतिशत, मध्यपश्चिमाञ्चलमा २० प्रतिशत र सुदूरपश्चिमाञ्चलमा २७ प्रतिशत रहेको छ । न्यौपानेका अनुसार दुध उत्पादन बढाउनको लागि दुधालु भैंसीको संख्यामा पनि वृद्धि गर्न अति आवश्यक छ । यहाँ कूल संख्या औसत २६ प्रतिशत मात्र दुधालु भैंसी रहेको छ ।
क्षेत्रगतमा भैसी पालन सन्तोषजनकस्थिति रहेको देखिदैंन । मध्यपश्चिमाञ्चलमा २० प्रतिशत मात्र दुधालु भैंसी रहेको छ । यो अवस्था अत्यन्त निरासाजनकस्थिति हो । कृषि तथा सुचना संचारले भैसीको संख्या बढेको देखाएपनि राष्टिय केन्द्रिय तथ्याकले भैसीको संख्या घटाएको देखाउछ । नेपालको अर्थतन्त्रमा भैसीको महत्व निक्कै रहेको विज्ञको भनाई छ । गाइ बाझो भएमा त्यसको उपयोग गर्न सकिदैन । तर, भैसीलाई हरेक हिसावले उपयोग गर्न सकिन्छ । गोठमा देखिने भैसी विस्तारै रित्तिने अवस्था छ । युवा विदेश जान थालेपछि यस्तो अवस्था भएको हो ।
नेपालमा भएका युवाले भैसी भन्दा गाइ तर्फ आकर्षित हुने गरेका छन् । किनभने गाईले धेरै दूध दिनाले युवाहरु गाईप्रति आकर्षित हुन थालेका हन् । नेपालमा जति पनि भैसी छन्, प्राय भारतबाट ल्याइने गरेको छ । पहिले पहिले ४० हजारमा पाइने भैसीलाई अहिले एक लाख पर्न थालेका कारण पनि भैसप्रति युवाको आकर्षित हुन नसकेका हुन । पशु उत्पादन निर्देशालय अन्तरगतको राष्टिय पशु प्रजनन् केन्द्रबाट ४० जिल्लामा भैसीमा पनि कृतिम गर्भधारण अभियान संचालन गरेको छ । यो विगत चार बर्षदेखि संचालनमा छ ।
राष्टिय चरन तथा पशु आहारा केन्द्रलले उत्पादन लागत घटाउन पशु आहारा विकास राष्टिय अभियान कार्यक्रम पनि संचालन गर्न लागेको छ । यो ३५ जिल्लामा लागू हुनेछ । पशु उत्पादन निर्देशनालय र मातहतबाट युवा लक्षित व्यवसायिक गाईभैसी पालन कार्यक्रमबाट पनि किसानले लाभ लिन सक्ने पशु उत्पादन निर्देशनालयका कर्मचारी वताउछन् । साना, मझौला र ठूलागरी तीन तहमा किसानलाई वर्गीकरण गरिएको छ ।
सानालाई दुई लाख, मझौलालाई तीन लाख, ठूला फार्मलाई चार लाखसम्म अनुदान दिने गरेको छ सरकारले । प्रकृया खासै गाह्रो नभएको हुदा किसानले सजिलै अनुदान पाउनेछन् । सानामा चार, मझौलामा १२ र ठूलामा १२ भन्दावढि भैसी पाल्नुपर्ने हुन्छ । तर, भैसी सवै दुहुना हुनुपर्ने हुन्छ । नेपालमा ५२ लाख भैसी छन् । करिव साना, मझौला र ठूलागरि पाँच सय भन्दावढि छन् ।
पशु उत्पादन निर्देशनालय, हरिहरभवनका पशु विकास अधिकृत शुसिल झाका अनुसार भैसी पालन र मिल्किड मेसिनमा अनुदान पनि छ । मिक्किड मेसिनमा किसानले खरिद गरेर ल्याएको सामानको ५० प्रतिशत अनुदान दिने गरेको झाले वताए । यसकालागि २० वटा दुहुना भएको हुनुपर्नेछ । दूध नपुग भएका कारण विभिन्न अनुदानका कार्यक्रम ल्याएको उनले वताए ।
सरकारले युवालाई विदेश जान नपरोस भनेर यस्तो कार्यक्रम ल्याइको हो । जिल्ला जिल्लामा परेका प्रस्ताव संकलन गरेर फिल्डमा गएर अनुसन्धान गर्ने क्रममा छ । प्रस्तावहरु निक्कै आउन थालेका छन् । सानामा ३७०, अझौलामा ८१ र ठूलामा २१ वटा फार्मलाई दिने योजना छ । तर, आवेदन चाही पाँच हजारभन्दावढि परेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, नवलपरासी, कपिलबस्तु, दाड, वारा, पर्सा, चितवन, धनुषा, महोत्सवरी, सर्लाही, रौतहट, सिहरा, सप्तरी, सुनसरी, मोरड, झापा, धाधिड, नुवाकोट, सिन्धुली, रामेछाप लगाएत ४० जिल्लामा यो कार्यक्रम लागू छ । गाई भैसीकालागि १० करोड ७६ लाख रुपैया विनियोजन गरेको छ । कम्तीमा दुई साल नपाएकालाई यो अनुदान दिने गरेको छ ।
धुलीखेल १ झट्टी डांडाका भैसी पालन गरेर खुसी छन्, यादव सिलवाल । २८ बर्षको उमेरमै उनले गरेको भैसी पालनबाट मनग्य आम्दानी पनि गर्दै आएका छन् । आफ्नै गाउं ठाउमा केही गरौं भन्ने सोंच लिएर २०७० सालमा उनले भैंसी पालन शुरु गरेका हुन । यस व्यवसायमा कदम राख्नु अघि उनी फिल्म निर्देशन क्षेत्रमा पनि केही समय अल्झिए । तर, जुन सफलता र शन्तुष्टी उनले भैंसी पालनमा पाए त्यो फिल्मी दुनियांमा पाएनन् ।
६० लाख लगानीमा सुरु गरेको भैंसी पालन व्यवसायले दिनको २ सय लिटर दुध बेचेर पनि उनलाई बार्षिक १५ लाख सम्म आम्दानी हुने गरेको छ । भैंसीपालन शुरु नगरेको भए १० देखी १२ हजार तलवमा चित्त वुझाएर बस्नुपर्ने उनी बताउछन् । अहिले आफैंले ४ जनालाई खाने बस्ने सुविधा सहित १० देखी १८ हजारसम्म तलव दिएर रोजगारी दिएका छन् । भैंसी पालनमार्फत भएको आयआर्जन ले ६, ७ जनाको परिवार पाल्न पनि सिलवाललाई कुनै समस्या छैन ।
त्यस्तै कृषि पेशामा लागेर के नै हुन्छ भनी विदेश पलायन हुने थुप्रै युवाहरुका लागि दरिलो उदाहरण बनेका छन् काठमाडौं टोखा चडेश्वरी गाविस २ का धनवीर डंगोल । डंगोलले आफुलाई सफल कृषकका रुपमा स्थापित गरिसकेका छन् । कृषि पेशामार्फत पनि नाम र दाम कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण हुन् डंगोल । भैंसी पालन व्यवसाय संचालन गरेरै उनले २०७१ सालमा नेपाल कृषि क्षेत्रीय निर्देशनालय मार्फत उत्कृष्ट किसानका लागि प्रथम पुरस्कार प्राप्त गरे ।
नेपालमा व्यवसाय गर्दा दिगो नहुने आफ्नो सोंचका कारण नै कृषि पेशा अंगालेको र अहिले कृषि पेशामार्फत नै सोचे जस्तै फल पाउन सकेको डंगोल बताउंछन् । सोचे जस्तै प्रतिफल पाएएपछि डंगोल निक्कै दंग पनि छन् । डंगोल करिव ८० रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा भैंसी पालन गरिरहेका छन् । ८० रोपनी मध्ये करिव ८ रोपनी जग्गा डंगोलकै हो । डंगोलले भैंसी पालनका साथै गाई, बाख्रा, कुखुरा र हांस पनि पालेका छन् भने च्याउ, गोलभेडा लगायत तरकारी खेती पनि गर्दै आएका छन् ।
यि त उद्हारण पात्र मात्रै हुन । यि र यि जस्ता नेपालमा झण्डै आठ सय किसानले व्यवसायिक भैसी पालन गर्दै आएका छन् । प्रायले साच्चैका किसानले सरकारको आशा गरेका छैनन् ।