1. व्यावसायिक बङ्गुरपालनको आवश्यकता?
बङ्गुरको मासुलाई पोर्क भनिन्छ । विश्व खाद्य संगठनका अनुसार विश्वमा सबैभन्दा बढी बङ्गुरको मासु उत्पादन तथा खपत हुने गर्दछ । हाल विश्वमा कुल ३० करोड मेट्रिक टन मासु उत्पादन (बङ्गुर, खसी, भेडा, गाई, भैंसी, कुखुरा आदि) भएकोमा बङ्गुरबाट मात्रै ११ करोड मेट्रिक टन मासु उत्पादन हुन्छ । सोही अध्ययन अनुसार विश्वमा प्रति व्यक्ति मासुको खपत ४२.५ किलो प्रति वर्ष रहेको छ र कुल मासुको खपतमा बङ्गुरको मासु ३७ किलो प्रति व्यक्ति प्रति वर्षरहेको छ । मासुको रूपमा बङ्गुरको प्राय सबैजसो अङ्गहरूको परिकार बनाएर खाइन्छ । बङ्गुरको मासुबाट बनाइने विभिन्न परिकारहरूमा ससेज, ब्याकन, ह्याम आदि बनाइन्छ । बङ्गुरको मासुमा उच्च श्रेणीको प्रोटिन, भिटामिन, खनिज, फ्याट र मेटाबोलिक इनर्जीको मात्रा धेरै भएकोले मासु एक सन्तुलित आहारा हो । मासुमा १८ देखि २५ प्रतिशत सम्म प्रोटिन पाइन्छ । बङ्गुरमा अरू सबै पशुहरूभन्दा मासुको प्रतिशत (ड्रेसिङ्ग परसेन्टेज) बढी मात्रा पाइन्छ । यिनीहरूमा जीवित तौलको ७५–८० प्रतिशतसम्म मासु प्राप्त हुन्छ । साधारणतया बँगुरमा ३७–३९ प्रतिशत रातो मासु (लिन कट्स) पाइन्छ । र मासुमा १७–२१ प्रतिशतसम्म बोसो पाइन्छ । कृषि मन्त्रालयको लथ्याङ्क अनुसार बङ्गुरबाट १६,९९२ मे.टन मासु उत्पादन भएको अनुमान छ । भैगौलिक क्षेत्र अनुसार हिमालमा ७.४ प्रतिशत, पहाडमा ५७.६ प्रतिशत र तराईमा ३४.९ प्रतिशत बङ्गुरको मासु उत्पादन भएको छ ।
नेपालमा पशु तथा पशुजन्य पदार्थको माग बढिरहेको अवस्थामा खाद्यसुरक्षा तथा पौष्टिक आहाराको सुनिश्चितताका लागि एकीकृत रूपमा पशुपालन व्यवसायको विकास अपिहार्य भएको छ । पाल्तु पशुहरू मध्ये मासु उत्पादनका लागि बङ्गुरपालन व्यवसायबाट छोटो अवधिमा उच्चस्तरको मासु उत्पादन गर्न सकिन्छ । बङ्गुरपालन व्यवसायबाट अन्य पशुपक्षीको दाँजोमा मुनाफाको प्रतिफल सबैभन्दा बढी पाइएकोे छ उदाहरणका लागि दुग्ध व्यवसायमा लगानीको दाँजोमा मुनाफाको प्रतिफल १० प्रतिशत, कुखुरामा ३० प्रतिशत, खसीबाख्रामा २५ प्रतिशत हुने गरेको छ जबकि बङ्गुर पालन व्यवसायबाट लगानी गरेको प्रतिफल को ६० प्रतिशत सम्म पाइएको छ ।
विश्वमा बङ्गुर पालनका विभिन्न प्रणाली अन्तरगत एउटा किसानले एक÷दुई वटा बङ्गुर पनि पाल्दै आएका छन् र ठूलो लगानी गरेर एउटै व्यवसायीले पचासौं लाख बङ्गुर एउटै फार्ममा पनि पाल्ने गरेका छन् ।
2. व्यावसायिक बङ्गुरपालनबाट निम्न फायदाहरू हुन्छन्ः
• बङ्गुरहरूमा कमसलखालका आहारा खाएर त्यसलाई मासुमा परिणत गर्नसक्ने क्षमता अन्य पशुको दाँजोमा बढी हुन्छ, त्यसैले मासुका लागि बङ्गुर पालन व्यवसाय अति लाभकारी हुन्छ ।
• बङ्गुरहरूमा प्रजनन क्षमता अत्यधिक मात्रामा हुन्छ एकै पटक १०–१२ पाठापाठी जन्माउन सक्छन् र वर्षमा दुईपटकसम्म ब्याउँदछने ।
• बङ्गुरपालन व्यवसाय गर्न थोरै लगानी र सानो ठाउँ चाहिन्छ तथा बङ्गुरपालन व्यवसायबाट छोटो समयमा मुनाफा लिन सकिन्छ ।
• बङ्गुरमा खानेयोग्य मासुको प्रतिशत (ड्रेसिङ्ग परसेन्टेज) अन्य पशुहरूको दाँजोमा बढी (६०–८० प्रतिशत) हुन्छ । बङ्गुरको कुनै पनि अङ्ग खेर जान्न, मासुको रूपमा सबै भाग खाइन्छ ।
• बङ्गुरको मासु पौष्टिक, बढी बोसो तथा कम पानी भएको र बढी शक्ति (इनर्जी) दिने खालका हुन्छन् । बङ्गुरको मासुमा थायमिन, पनयासिन तथा रबोफ्लाबिन जस्ता भिटामिनहरू बढीमात्रामा पाइन्छन् ।
• बङ्गुरको विष्टा कृषिबालीमा राम्रो मल तथा माछाको लागि राम्रो आहारा मानिन्छ ।
• बङ्गुरको बोसो (फ्याट) कुखुराको दाना, साबुन उद्योग, रङ्ग रोगन उद्योगमा उपयोगी हुन्छ, त्यस्तै रौंबाट ब्रस आदि बनाइन्छ ।
• बङ्गुरको मासुबाट बनाइएका पोर्क, ब्याकन, ह्याम, ससेज आदिको माग स्वदेशी तथा विदेशी बजारमा प्रशस्त भएकोले निर्यातजन्य उद्योगको रूपमा बङ्गुर पालन व्यवसाय सञ्चालन गर्न सकिन्छ ।
• बङ्गुरपालनलाई एकीकृत रूपमा मत्स÷हाँस पालन र तरकारी खेतीसँग आवद्ध गरेर बढी लाभ लिन सकिन्छ ।
• बङ्गुरको विष्टा कृषिबालीमा राम्रो मल तथा माछाको लागि राम्रो आहारा मानिन्छ । एउटा वयस्क बङ्गुरले औसतमा ६०० देखि ७५० किलो प्रति वर्ष मल दिन्छ ।
• बङ्गुरहरू हेर्दा राम्रो, ज्ञानी तथा समझदार मानिन्छन् र विकसित मुलुकमा कुकुर÷बिरालो झैं घरमा शौखका लागि पालिन्छन् ।
3 बङ्गुरपालन अन्तरगत कस्तो व्यवसाय अपनाउने?
व्यावसायिक बङ्गुरपालनको मुख्य उद्देश्य बङ्गुरको मासु वा पाठापाठी उत्पादन गरेर बढिसेबढी मुनाफा कमाउनु रहेको हुन्छ । यस व्यावसायिक उद्देश्य प्राप्तकिालागि मुख्य रणनीतिहरूमा
• वर्षेनी माउ पिच्छे बढीसेबढी स्वस्थ्य पाठापाठी उत्पादन गर्नु,
• न्यूनतम मूल्यमा पोषक तथा स्वास्थ्यकर दाना तथा आहाराको व्यवस्थापन गर्नु,
• उचित व्यवस्थपन प्रविधि अपनाएर उत्पादन लागत घटाई बढी मुनाफा आर्जन गर्नु ।
बजारको माग अनुसार निम्न किसिमको बङ्गुरपालन व्यवसाय अपनाउन सकिन्छः
• माउ बङ्गुर पालेर पाठापाठी जन्माउने, हुर्काउने र मासुको लागि बिक्री गर्नेः यस व्यवसायमा केही माउ (भाले÷पोथी) पालेर आफ्नै फार्ममा पाठापाठी जन्माउने र ती पाठापाठीहरूलाई ८–१० महिना पालेर मासुको लागि बिक्री गर्ने । यस व्यवसायमा बजारको माग अनुसार दूध छुटाएका पाठापाठी, कोरली पाठी वा माउ पनि बिक्री पनि गरिन्छ ।
• बङ्गुरका पाठापाठीमात्र बिक्री गर्नेः यस व्यवसायमा उन्नत जातका केही माउ (भुनी र वीर) पालिन्छन् । शुद्ध जातका वा क्रस पाठापाठीहरू उत्पादन गरेर बङ्गुर पाल्ने कृषकहरूलार्य बिक्री गरिन्छ । यस्तो व्यवसाय गर्न ब्रिडिङ्ग सम्बन्धी केही प्राविधिक ज्ञानको आवश्यकता तथा शिप चाहिन्छ ।
• बङ्गुरका भुनी तथा वीर पालेर हुर्किएको पाठापाठी बिक्री गर्ने (पाठापाठी दूध छुटाएर बिक्री गर्ने)
• बङ्गुरका हुर्किएका पाठापाठी पालेर मासुका लागि बिक्री गर्ने (हुर्किएको पाठापाठी पालेर मासुका लागि बिक्री गर्ने)
• अरग्यानिक बड्गुर उत्पादनः प्राकृतिक रूपमा उपलब्ध कुनै पनि प्रकारको रासायनिक आहारा नखुआइकन र कुनै प्रकारको रासायनिकयुक्त औषधी उपचार नगरिकन उत्पादित बड्गुरपालन प्रविधिलाई अरग्यानिक बड्गुर उत्पादन व्यवसाय भनिन्छ । हाल अरग्यानिक रूपमा उत्पादित बड्गुरको मासुको बजार देशभित्र र निर्यातका लागि पनि फैलदैगएको छ ।
4 बङ्गुरपालन व्यवसाय शुरु गर्नु अगावै गर्नु पर्ने कामहरू
व्यावसायिक बङ्गुरपालन योजना बनाउनु अगावै निम्न जानकारीहरूमा सङ्कलन गर्नु पर्दछः
• बङ्गुरविकास सम्बन्धी सरकारी नितीबारे जानकारीः बङ्गुरपालन विकास तथा अध्ययन÷अनुसन्धान कृषि विकास मन्त्रालय अन्तरगत पशुसेवा विभाग हो । त्यस्तै बङ्गुरसम्बन्धी अध्ययन ÷अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद्ले गरिआएको छ । सरकारी स्तरबाट बङ्गुरको विकास सम्बन्धी के कस्ता कार्यक्रमहरू उपलब्ध छन् र सरकारी स्तरबाट प्रविधिक÷आर्थिक सहयोग के के उपलब्ध गराइएको छ सो बारे विस्तृत जानकारी लिनुपर्छ ।
• आफ्नो क्षेत्रमा भएको निजी बङ्गुर फार्मको भ्रमणः आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको सानाठूला बङ्गुर पालक कृषक÷व्यवसाथीको फार्म भ्रमण गरी व्यवहारिक पक्षमा विस्तृत छलफल गर्ने ।
• बङ्गुरको दाना उत्पादक तथा बजार सम्बन्धी अध्ययन भ्रमणः आफ्नो क्षेत्रमा भएको बङ्गुरको दाना उत्पादक फ्याक्ट्रि÷उद्योगको भ्रमण गरी दाना उत्पादन, बिक्री व्यवस्था, मूल्य, ढुवानकिो अवस्थाआदिबारे विस्तृत जानकारी लिने ।
• बङ्गुरको रोग तथा उचारका लागि पशुस्वास्थ्य केन्द्रबारे जानकारीः बङ्गुरमा के कस्ता रोव्याधीहरू आफ्नो क्षेत्रमा लाग्नेगर्दछन्? उपचारका लागि पशु चिकित्सक, पशु अस्पतालको सुविधा के कस्तो छ सो कोे अवस्था बारे विस्तृत जानकारी लिने ।
• बङ्गुरको बजार, प्रशोधनशाला आदि बारे जानकारीः उत्पादित बङ्गुरलाई बिक्री गर्न बजारको व्यवस्था, मासु प्रशोधनशाला, निकासीका लागि के कस्ता प्रावधानहरू छन् सो को विस्तृत जानकारी लिने ।
5 नेपालमा सुँगुर÷बँगुरको तथ्याङ्क
विश्वमा स्थानीय तथा बिदेशी गरी करिब ९० जात -ब्रिड) र २९० भन्दा बढी उपजात (भेराइटी) का बङ्गुरहरू पालिन्छन् । विश्व कृषि तथा खाद्य संगठनको तथ्याङ्क अनुसार विश्वका विभिन्न देशहरूमा करिब २ अर्ब पालतु सुङ्गुर÷बङ्गुरको सङ्ख्या रहेको अनुमान छ । हाल नेपाल लगायत विश्वमा नै बङ्गुरको सङ्ख्या बढी रहेको छ तर बङ्गुर पाल्ने परिवार वा बङ्गुर व्यावसायिक फार्महरूको सङ्ख्या घटिरहेका छन् अर्थात बङ्गुरका ठूलठूला फार्महरू सञ्चालनमा आईरहेका छन् ।
नेपालमा पालतु सुङ्गुर÷बङ्गुरको कुल सङ्ख्या १०,६४,८५८ भएको अनुमान छ । भैगौलिक क्षेत्र अनुसार हिमालमा ९.७ प्रतिशत, पहाडमा ५२.० प्रतिशत र तराईमा ३८.३ प्रतिशत बङ्गुर छन् । प्रति वर्ष ३ प्रतिशतका दरले सुँगुरको सङ्ख्या बढिरहेको पाइन्छ । कुल सुँगुरहरूमध्ये पहाडमा ५८ प्रतिशत र तराईमा २३ प्रतिशत सुँगुरहरू स्थानीय जातका छन् । बाँकी १९ प्रतिशत उन्नत जातका बँगुरहरू रहेको अनुमान छ ।
6 नेपाली जातका सुङ्गुर÷बङ्गुरहरू
नेपालको सामाजिक–आर्थिक, साँस्कृतिक तथा जैविक विविधताको संरक्षण गर्न रैथाने जातका सुड्गुरहरूले महत्वपूर्ण दायित्व निर्वाह गर्दै आएका छन् । नेपालमा हाल पनि ठूलो सङ्ख्यामा स्थानीय रैथाने जातका सुङ्गुरहरू पालिन्छन् तर रैथाने जातका सुड्गुरको सड्ख्या दिनानुदिन घटिरहेको छ । एक अनुमान अनुसार नेपालमा कुल सुङ्गुर÷बङ्गुरहरू मध्ये करिब ५८ प्रतिशत स्थानीय रैथाने जातका सुङ्गुर पालिएका छन् । नेपालमा पालिने रैथाने जातका सुँगुरहरू साना आकारका, ढिलो बढ्ने, थोरै मासु लाग्ने तथा थोरै सन्तान जन्माउने गर्दछन् । यिनीहरूको लामो थुतुनो, लाम्चा टाउको, सानो कान, सानो घाँटि, छोटो खुट्टा र ठुलो भुँडी हुन्छ । यी सुँगुरहरूले फालेको फोहोर सडेगलेको चिजहरू, घाँस, झार, मानव विष्टा आदि खाएर पनि जीवन निर्वाहगरी केही उत्पादन दिन सक्दछन् । एक पटकमा यिनीहरूले ४–६ वटा बच्चा ब्याउँछन् ।
नेपालमा निम्न चार थरिका रैथाने जातका सुङ्गुर÷बङ्गुरहरू पाइन्छन्ः क) हुर्रा, ख) च्वाचे, ग) बामपुड्के र घ) बँदेल । स्थानीय जातका सुङबयिनीहरूको शारीरिक तौल साधारणतया १०० किलो भन्दा बढी हुन्न ।
7 विदेशी जातका बङ्गुरहरूः
व्यावसायिक बड्गुर पालनका लागि उन्नत जातका विदेशी मूलकै बड्गुर पालिन्छ । विदेशी जातका सुँगुरलाई बोलीचालीको भाषामा बङ्गुर भनिएको हो । बँगुरपालनको कार्यक्रम वि.स. २०१६ सालतिर सरकारी फार्महरूमा सुरु गरियो । यी बँगुरहरू हलक्क बढ्ने, एक पटकमा बढी बच्चा हुर्काउन सक्ने, ठुलो जीउडाल भएको, हेर्दा सुन्दर आकृतिका हुन्छन् । यी बँगुरहरू ६–८ महिनाको उमेरमा ८०–१०० किलोको हुन्छन् र यस उमेरमा पोथी, भाले लगाउन उपयुक्त हुन्छे भनें मासुको लागि पालिएका बँगुरहरू बिक्रीको लागि उपयुक्त हुन्छन् । बँगुरहरूको गर्भधारण अवधि ११४ दिनको हुन्छ । एक पटमा यिनीहरूले ८–१० बटा बच्चा हुर्काउने गर्दछन् । उन्नत प्रविधि अपनाएर पालेमा बँगुरले एक वर्षमा तीन पटकसम्म ब्याउँछन् । नेपाली हावापानीमा पनि यिनीहरूले बढी उत्पादन दिने भएकोले यी मुख्य विदेशी बँगुरहरू निक्कै लोकप्रिय भएका छन् ।
नेपालमा सरकारी तथा नीजिस्तरबाट विभिन्न विदेशी उन्नत जातका बङ्गुरहरू पालिएका छन् । मुख्यमुख्य विदेशी जातका बङ्गुरहरू निम्न रहेका छनः क) योर्कसायर, ख) ल्याण्डरेस, ग) हेम्पसायर, घ) ड्युरोक, ङ) टमवर्थ, च) मैजन ।
योर्क सायर (Yourshire) यो निकै लोकप्रिय उन्नत जातको बङ्गुर हो । हल्लक बढने, धेरै पाठापाठी जन्माउने तथा सानो खोरमा पनि सजिलै थुनेर पाल्न सकिने भएकोले संसारभरीका व्यावसायिक बङ्गुरपालकहरूले यस जातका बङ्गुरलाई रूचाएका छन् । संयुक्त अधिराज्यमा विकास गरिएको यो जातको बँगुर मासु उत्पादनको निमित्त निकै लोकप्रिय रहेको छ । यस जातका बँगुरहरू तीन थरिका हुन्छन् अ) ठूलो खाले, आ) मझौला, र इ) सानो ।ठूलो खाले योर्क शायरको जीउको रङ्ग सेतो, सानोसानो ठाडो कान, लामो अनुहारको यो बँगुरको भाले ३००–४०० किलो तौल गरेको र पोथी २५०–३५० किलो वजनकी हुन्छे । पोथीहरूमा धेरै बच्चा जन्माउन सक्ने तथा जन्माएको बच्चालाई राम्ररी हुर्काउन सक्ने क्षमता भएको हुन्छ । मझौला र सानाखाले योर्कसायर को आकारप्रकार केही सानो हुन्छ । ठूलाखाले योर्कसायर नेपालमा निकै लोकप्रिय छ । सरकारी तथा निजी फार्महरूमा यस जातका बङ्गुरहरू पालिएका छन् । यस जातको बङ्गुरको भाले स्थानीय सुङ्गुरको नश्ल सुधार गर्न पनि प्रयोग गरिन्छ ।
ल्यान्डरेस (Landrace) मासुको लागि यो जातको बङ्गुर विश्वप्रशिद्ध छ । यस जातको बँगुरको उत्पत्ति डेनमार्कमा भएको हो । सेतो रङ्ग, छोटो खुट्टा, केही लाम्चो आकारको जीउ र अगाडिको आँखा छोप्ने गरी लत्रिएको कान यस जातका विशेषताहरू हुन् । यस जातको बँगुरले धेरै बच्चाहरू जन्माउन सक्छन् । भाले वयस्क अवस्थामा २७०–३६० किलो र पोथी २००–३२० किलोकी हुन्छे । नेपालमा यस जातको बँगुर निकै लोकप्रिय रहेको छ र स्थानीय सुङ्गुरको नश्ल सुधार गर्न पनि प्रयोग गरिन्छ ।
हयाम्पसायर (Hampshire) यस जातको बङ्गुरको विकास वेलायतको हेम्पसायरमा भएको हो । यसको रङ्ग कालो हुन्छ र ह्याकुलो र अगाडिको खुट्टालाई धेरेर १० देखि १५ से.मी. च्याक्लो सेतो धर्काले धेरेको हुन्छ । ठाडो ठाडो कान, छोटो खुट्टा, भालेको तौल ३०० किलो र पोथी २८० किलोकी हुन्छे । यस जातका बङ्गुरको मासु उच्च गुणस्तरको मानिन्छ । यस जातका बङ्गुरहरू अर्धस्वक्षन्द प्रणालीमा बढी फस्टाउने गरेका छन् । नेपालमा हाल यस जातका बँगुरहरू निकै लोकप्रिय छन् । सरकारी तथा निजी फार्महरूमा यस जातका बङ्गुरहरू पालिएका छन् । यस जातको बङ्गुरको भाले स्थानीय सुङ्गुरको नश्ल सुधार गर्न पनि प्रयोग गरिन्छ ।
ड्युरोक (Duroc) यो रातो वर्णको अमेरिकाको न्युजर्सिमा विकास गरिएको बङ्गुर हो । हल्लक बढने, खाएको दानालाई मासुमा राम्ररी परिणत गर्न सक्ने, छिट्टै वयस्क हुने र बढी बच्चा जन्माउने भएकोले व्यावसायिक रूपमा बँगुरपालनको लागि यो अति उपयुक्त मानिन्छ । यस जातका बङ्गुरहरूमा रोगव्याधि तथा गर्मी सहन सक्ने क्षमता निकै राम्रो पाइएको छ । वयस्क भालेको तौल करिब ४०० किलो र पोथी ३५० किलोकी हुन्छे । ड्युरोक जातका बङ्गुरको शरीरमा बोसोको मात्रा केही कम पाइन्छ र मासु उच्च गुणस्तरको मानिन्छ । यस जातका बङ्गुर नीजिस्तरमा सञ्चालित बङ्गुर फार्महरूमा पालिएका छन् ।
धराने कालो बङ्गुर, मैजन (Meishan) यो चीनमा विकास गरिएको बङ्गुर हो । नेपाल पाइने धराने कालो बङ्गुर यिनै मैजन जातका बङ्गुर हुन । यस जातका बङ्गुरको लामलामो कान तथा मुजामुजा परेका छाला र शरीरको रङ्ग कालो हुन्छ । छोटा खुट्टा, ठूलो भुँडी, तथा टाउको भएको बङ्गुर हो । पोथीले एकपटकमा धेरै सङ्ख्यामा पाठापाठी जन्माउन (१६–१७) सक्छन् । यिनीहरूको शारीरिक तौल ३००–४०० किलोको हुन्छ । केही ठिढलो बढने तथा मासुमा बोसोको प्रतिशत केही बढी मात्रामा पाइन्छ ।
पाख्रिबास ब्ल्याक (Pakhribas Black) यो पाख्रिबासमा विकास गरिएको क्रस जातको बँगुर हो । यस जातको बँगुरको विकास चाइनिज मूलको फायु्यान, टमवर्थ र सेडलब्याक, जातका बङ्गुरहरूको तेहरो क्रसगरी विकास गरिएको हो । यो बँगुर कालो रङ्गको हुन्छ । प्रायः धार्मिक कार्यको निमित्त राई, लिम्बू, मगर आदिले कालो रङ्गको बँगुर चढाउने भएकोले यो बँगुर हाल पूर्वी पहाडी क्षेत्रमा निक्कै लोकप्रिय भएको छ । वयस्क भालेको तौल करिब १७० किलो र पोथी १६० किलोकी हुन्छे । यस जातको बँगुर कृषि अनुसन्धान केन्द्र पाख्रीबासमा पालिएको छ ।