बैङ्गलोरको पढाइ पछि कमल राज सिङ्गताङ्गले एक कम्पनीको योजना व्यवस्थापकको रुपमा सिङ्गापुर, साउदि अरेविया, मोरोक्को, टर्की, कतार र फ्रान्स लगाएतका देशहरुमा काम गर्न मौका पाउनु भयो । यसैगरि उहाँका काका—चन्द्र तामाङले पनि २० वर्ष जति भारतमा नै काम गर्नु भयो । अन्य देशहरुमा बस्दा त्यहाँका मान्छेहरुको कृषकहरु प्रतिको सम्मान देखेर दुवै जान निकै प्रभावित हुने गर्थे l तर नेपालमा भने कृषि प्रतिको निराशाजनक मनोवृत्तिको सम्झनाले उहाँहरु लाई निकै नरमाइलो महसुस हुन्थ्यो । त्यो दुखद अनुभव र त्यहाँ गरिरहेको काम बाट खासै सन्तुष्ट नभएपछी, तामाङ नेपाल आएर पुनः कुखुरा पालनमा लाग्नु भयो । सिङ्गताङ्ग पनि केहि वर्ष पच्यात आफ्नै देशमा कृषि व्यावसाय गर्ने अठोटका साथ नेपाल फर्किनु भयो ।
सिङ्गताङ्गका लागि कृषि पेशा नयाँ थियो तर नेपाल फर्के लगतै उहाँले आफ्नो काकाको सहयोग बाट कुखुरा फर्म व्यवस्थापन सम्बन्धि जानकारी लिनुभयो । साथै, उहाँले कुखुरापालन सम्बन्धी तालिम लिई कुखुरा फार्म हेर्न भारतको आन्द्र प्रदेश सम्म पुग्न भयो । पुर्व प्राविधिक र व्यावसायिक ज्ञान र शीप आर्जन गरे पछि सिङ्गताङ्गले २०७१ सालमा सुन्दरिजलमा आई.एस. पोल्टी फार्म स्थापना गर्नुभयो । सुरुवात ८–१० लाखको लगानीमा २ वटा खोर बाट भए तापनि, सफलता संगै थप १२ –१३ लाखमा पहिलेको भन्दा ठुलो र आधुनिक अन्य २ वटा खोर पनि बनाउनुभयो । बिस्तार संगसंगै तामाङ पनि पूर्ण रुपले फार्ममा संलग्न हुनु भयो र आजको समयमा उनि प्राविधिक पक्षहरू हेरछन् भने सिङ्गताङ्ग बजारीकरण तिर ध्यान दिन्छन् । करिब १३,००० कुखुरापालन गर्ने क्षमता रहेको उक्त फार्ममा यसपाली १०,००० सम्म कुखुरा राखी ९ लाख सम्मको नाफा कमाउने अपेक्ष्या गरिएको छ ।
सुरुवाती समयमा फार्म दर्ता गर्ने क्रममा सिङ्गताङ्गले सरकारी निकायहरुमा धेरै हैरानी खेप्नुपरेको थियो । गुनासो पोख्दै उहाँ भनुहुन्छ, “कागजमा स्पष्ट नितिनियम हुदाँहुदै पनि त्यस अनुसार कसैले काम गर्दैन ।” त्यसैगरि सुरुमा करिव ७ लाखको नाफा गरेपनि उहाँ निराश हुनुहुन्थ्यो किनभने त्यसलगत्तै नाकाबन्दिको कारण ३२ लाखको घाटा बेहोर्नुपरेको थियो । नाकाबन्दिको बेला कुखुराको दाना र ढुवानी जस्ता खर्च महंगीन पुग्यो, जसकारण सुरुको ६ महिनामै घाटाको सामना गर्नुपरेको थियो । यति ठुलो परिमाणमा घाटा बेहोरे पनि व्यावसायमा आउने यस्तै कठिन समस्याहरु बाटै नै सिक्ने र अनुभव लिइ भविष्यमा राम्रो गर्ने हो भनि आफुलाई सान्त्वना दिदै आफ्नो व्यावसाय प्रतिको विश्वास कायमै राख्नुभयो ।
व्यावसाय गर्दै जाने क्रममा चल्ला उत्पादक संघको एकलौटीका कारण गुणस्तरिय चल्ला उचित मूल्यमा नपाउने, चल्ला किनबेचको मूल्य स्थिर नहुने साथै बजारीकरणमा लामो समय लाग्ने जस्ता कारणले साना फार्महरुलाई धेरैने समस्या बेहोर्नु पर्ने कुरा उहाँ बताउनुहुन्छ । त्यसैले उहाँ भन्नुहुन्छ “कुखुरापालन व्यवसाय सरल गराउनका लागि चल्ला किन्दा र कुखुरा बेच्दा सरकारले न्युनतम मूल्य र अधिकतम मूल्य तोक्नुपर्छ ,जसबाट व्यवसायिलाई व्यावसायको योजना बनाउन साथै अनुमानित लागत र आम्दानी अनुमान गर्न सजिलो हुन्छ र भविष्यमा हुन सक्ने घाटालाई समेत कम गर्न सकिन्छ ।” त्यसै सन्दर्भमा तामाङ थप्नु हुन्छ “नेपालका सवै जिल्लामा कुखुराको बजार राम्रो छ । तर भारतबाट ठुलो परिमाणमा कुखुरा आयात हुदाँ स्थानिय उत्पादकहरुलाई आफ्नो गुणस्तर अनुसारको मूल्य पाउन कठिने छ ।”
नेपालको कृषि क्षेत्रको अवस्थाबाट निराश भएतापनि दुवैले आफ्नो सपनालाई कहिल्यै छाडेनन् । परिवार उहाँहरु का लागि ठुलो उर्जाको स्रोत हुन् । साथै तामाङ भन्नुहुन्छ “भविष्यमा कृषि उद्यम गर्न योजना बनाउने जो कोही व्यक्तिका लागि आत्म—विश्वास हुनु जरुरी हुन्छ, किनभने कुनैपनि व्यवसाय चुनौतिमुक्त छैन ।” त्यसै गरि सिङ्गताङ्गको अनुभव अनुसार, “कुनै संस्था वा फर्मका कर्मचारीको गुनासो तथा सल्लाह सुन्नु पनि अत्यन्त जरुरी हुन्छ किनभने उनिहरुबाट नयाँ समस्या तथा समाधान सिक्ने मौका पाइन्छ जसले फार्मलाई प्रभावकारी रुपमा संचालन गर्न निकै मद्दत गर्दछ ।”
कृषिमा सफलताका लागि तपाई पनि तामाङ र सिङ्गताङ्गका साथै अन्य ५ वर्ष भन्दा बढी अनुभवी कृषकको फार्ममा बसी तरकारी खेति, च्याउ खेति, बाख्रा पालन, कुखुरा पालन र बंगुर पालनमा नि: शुल्क तालिम लिन सक्नु हुन्छ । थप जानकारी र आवेदनका लागिः http://bit.ly/2pmvSVh